विषय/प्रसङ्गले अर्को अर्थ नलागोस्

अघाउन्जेल एक आँखा हेर्न नपाउँदैनिर्माणाधीन घर खण्डहर बन्योआश्चर्यको सीमा नाँघेरअद्यापि हेर्दै छौँ हामीबारुदका पोका च्यापेर भरिरहेछन् परेवा बथानएकपछि अर्का उडानहरूबङ्ग्याउन नमिल्नुको अर्थमाइतिहास शाश्वत हुन्छ भनेविषय/प्रसङ्गले अर्को अर्थ नलागोस्यति बेला मबुद्ध ऐतिह्यको प्रामाणिकता खोजिरहेछु।

एक आँखा सौन्दर्यपान गर्न नपाउँदैहरिया डाँडापाखा रक्ताम्मे बनेआश्चर्यको देउराली नाघेरअद्यापि हेर्दै छौँ हामीरगतको गाढापनअघि निस्तेजउदासी फक्रिरहेछन् लालीगुराँसहरूसौन्दर्य सत्यापनको अर्थमाफूल सुन्दर ठहरिन्छ भनेविषय/प्रसङ्गले अर्को अर्थ नलागोस्यति बेला मगुराँस सौन्दर्यको प्रमाणिकता खोजिरहेछु।

थाहा छैनखै कसरी भत्कियोमनदेखि मनसम्मको सेतु?भाइहरू क्रमशःएकअर्काको प्राणको दुस्मन बनिरहेछन्सधैँसधैँपशुपतिनाथकै जिम्मा लगाएर देशलाईअझै कति निस्पि्कक्री निदाएको स्वाङ रच्ने होविषय/प्रसङ्गले अर्को अर्थ नलागोस्सत्ते भन्छु यति बेला मरक्ताम्मे डाँडाहरूको हरियाली कल्पिरहेछुराता लालीगुराँसहरूको सौन्दर्य कल्पिरहेछु।