एउटा याचना : कविताको नाममा
एउटा याचना लेख्दै छु आजकविताको नाममानिर्द्वन्द्व पोखिन देऊ कलिला घामका किरणहरूलाईभित्ताभरिभरि/चौरभरिभरिताराहरूलाई अविराम चम्कन देऊछतभरिभरि/आँखाभरिभरि
कामना गरौँ–अविच्छिन्न चलिरहोस् हुर्हुराउँदो बतासर बढारिरहोस् मनका घरहरूमा थुप्रिएको कसिङ्गरबेरोकटोक बर्सिरहोस् बादल र पखालिरहोस् मनभित्रको कालो प्रदेशनिरन्तर फुलिरहून् आस्थाका फूलहरू फूलबारीभरिभरिर सुगन्धित भएरहोस् हाम्रो धरा
घाम लाग्नुलाई उज्यालो भविष्यप्रतिको आशावादिता भन्ठान्छु महावा चल्नुलाई जीवन सञ्चारको निरन्तरता सम्झन्छु मपानी पर्नुलाई प्रेम र भ्रातृत्वको प्रवाह बुझ्छु मर त म चाहन्छु–घाम लागोस् र आत्मीयताको न्यानो छरिरहोस् बस्तीभरिहावा चलोस् र जीवन सञ्चरित भइरहोस् बस्तीभरिपानी परोस् र भ्रातृत्व प्रवाहित भइरहोस् बस्तीभरिफूल फुलोस् र सुगन्ध फैलिरहोस् बस्तीभरि।
एउटा याचना लेख्दै छु आज कविताको नाममानिर्द्वन्द्व पोखिन देऊकलिला घामका किरणहरूलाईभित्ताभरिभरि/चौरभरिभरिताराहरूलाई अविराम चम्कन देऊछतभरिभरि/आखाँभरिभरि।