फेरि नयाँ वर्ष

धेरै विस्मातहरू/अलिकता हर्षअनगिन्ती आरम्भहरू/मात्र एकाध उत्कर्षघिटिकघिटिक बुद्ध/गान्धी र क्राइस्टहरूअनवरत सङ््घर्षर एउटाअर्को नयाँ वर्ष।

नयाँ वर्षकसैलाई ह्विस्की र बियरकसैलाई ठर्रा र ह्याङओभरमान्छेलाई मान्छेकाथोरै साथहरू/असङ्ख्य विश्वासघातहरूस्वागतमा केही छैनसिवाय शून्यका सुसेलीहरूमात्र केही मुर्झाएका बेलीचमेलीहरूविगतले दिएका केही रद्दी कागजका ठेलीहरूर उहीधेरै विस्मातहरू/अलिकता हर्षअनगिन्ती आरम्भहरू/मात्र एकाध उत्कर्षघिटिकघिटिक बुद्ध/गान्धी र क्राइस्टहरूअनवरत सङ्घर्षर एउटाअर्को नयाँ वर्ष।

नयाँ वर्षएउटा रित्तो क्यानभासको प्राप्तिअर्को एकवर्षे जीवन भोगाइको समाप्तिवर्तमान– फगत् असिञ्चित खडेरीहरू– केवल नियमको आडमा गरिएका झेलीहरूभविष्य– एक हूल अस्मिता चिथोरिएका चेलीहरू– प्रतिपद मृत्युका कोसेलीहरूअन्ततः नयाँ वर्षधेरै विस्मातहरू/अलिकता हर्षअनगिन्ती आरम्भहरू/मात्र एकाध उत्कर्षघिटिकघिटिक बुद्ध/गान्धी र क्राइस्टहरूअनवरत सङ्घर्षर एउटा अर्को नयाँ वर्ष।