ती मान्छेहरू
जाडोमा उनीहरूप्रचण्ड सूर्यको वरिपरि झुम्मिएर राप ताप्छन्र सेकाउँछन हात, गोडा, ढाडगर्मीमा उनीहरूक्षणमै चन्द्रमामा पुगेर सुस्ताउँछन्शीतल ताप्छन्र तन्काउँछन् जीउ चिसो हिमाली हावामाचाहनेबित्तिकै उभिएर सगरमाथा शिरमापर क्षितिजसम्म हेर्ने दृष्टि छ उनीहरूसँगसोच्नासाथ विश्वभ्रमण सकेरआफ्नै मझेरीमा सुस्ताउन आइपुग्नेसामर्थ्य छ उनीहरूसँगअनन्त आकाशलाई पोको पारेरतारासहितको सिङ्गो आकाश उपहार दिन्छन्उनीहरू आफ्नी प्रेमिकालाईआफूले लगाएको लुगासँगै फुकालेरआफ्नै मन पनि झुन्ड्याउन सक्छन् उनीहरूभित्ताको काँटीमाउनीहरूले बुझेका छन्–मन भनेको तृष्णा पनि होलिप्साहरूको राजधानी सहर पनि हो मनपहाडी खोलाको कलकल भरेर अँजुलीभरिउनीहरू गीत पिउँछन्झरनाको सङ्गीत चोरेर पहराबाटउनीहरू जीवन गुन्गुनाउँछन्पाखाभरि गुराँसका बोटहरूमासपनाका पोकाहरू झुन्ड्याउने तिनै हुन्तरेली परेका फाँटभरिजीवनका बाला झुलाउने तिनै हुन्अँध्यारो च्यातेर हरेक बिहानसुन्दर सूर्यको थुँगा फुलाउँछन् तिनीहरूबादलसँग लुकामारी खेलेरपीडाका साम्राज्य भत्काउँछन् तिनीहरूदैव नभए पनि मानौँदैवी चमत्कार छ तिनीहरूसँगमान्छेले कहिल्यै नदेखेको ईश्वरसँगदिनरातको साक्षात्कार छ तिनीहरूसँगहत्केलामा सिङ्गो हिमाल बोकेरअथाह समुद्रको सतहमा डेग बढाउँछन् उनीहरूनीबहरूले शुभ्र कागजीमैदान उधिनेरसियासियामा जीवन रोप्छन् उनीहरूमान्छेले रोजेको संसारकामान्छेले खोजेका मान्छेहरू हुन् तीअन्धकारको साम्राज्य भत्काएरउज्यालोको उत्खनन गर्ने रवि हुन्अरु कोही होइनन् उनीहरूप्रत्येक प्रहर शब्दमा जीवन उमार्ने कवि हुन्।