सहर : एउटा प्रतीक्षा
छरिएका मनका टुक्रार भत्किएका आशाहरूको प्रदर्शनीमायत्नसाथ लागेको छमेरो सहर यति बेला।
स्वागत मुस्कुराएरपिठ्युँमा छुरा धस्नेहरू छन्सामुन्ने जीहजुर बजाएरपछाडि ताना कस्नेहरू छन्श्रद्धाको शिखर चढेरआँखाबाट खस्नेहरू छन्सहर सायद यसैले सहर छ।
सभ्यता ओढेको नाममादिनदिनै नाङ्गिँदै गएको सहरस्नेहले सुम्सुम्याउँदादम्भले बाङ्गिँदै गएको सहरव्यभिचार र ईर्ष्याको काउछोघारीप्रतिपल झाङ्गिँदै गएको सहरसाँच्चै बेथितिहरूको एउटा कुम्भमेला बनेको छमेरो सहर।
जिन्दगीका रहरहरू आँसुका नहरमा अनुवाद गरेरसहमति र संवादका नाममा सधैँसधैँ प्रतिवाद गरेरजहिल्यै एउटा अनिष्टको आयोजनामा मग्न छ सहरआदर्श संस्कारको भ्रामक पर्दाभित्र यथार्थमा नग्न छ सहर।
हामी पर्खिरहेछौँ–समयचेत फर्केर कहिले सप्रन्छ सहर ?मान्छेको पक्षमा हेरौँ कहिले उभिन्छ सहर ??हेरौँ–कहिले सहर मान्छे भएर बाँच्छ !कहिले मान्छे सहर भएर बाँच्छ !