वैशाखको मोहपाशबाट फुत्किएर

अप्ठेरो बाटो छिचोलेरगन्तव्यमा पुग्नुको मजा अर्कै हुँदोरहेछतीखा ढुङ्गाहरूमा आफ्नै पाइतालाले छोडेको आलो छापकुनै जङ्गलीफूलको सौन्दर्यभन्दा कम हुँदोरहेनछ

तिमीले कष्टसाध्य सम्झेर मलाई नहिँड्नू भनेको बाटोआत्तिएर धेरैधेरै यात्रीले बिचमै छोडेको बाटोहेर! यी छिचोलेँ मैलेदुःख मलाई पनि नभएको हैनहौसला मेरो पनि अब टुट्यो अब टुट्यो नभएको हैनलाचारीका नेलहरू नजेलिएका हैनन् लक्ष्यगामी पाइतालाहरूमाहौसलाको दुर्भिक्ष पर्खाल भएर नउभिएको हैन बाटोमाकायर दुश्चेष्टाहरूले ऐश्वर्यको लालसा पनि नदेखाएका हैननतर पनि हिँडेँ ममानसिकतामा गन्तव्यप्राप्तिपछिको न्यानो कल्पना छामेरहेर, मेरो यात्रा रोक्ने दुष्प्रयत्न गर्नेहरू आज भुइँ खोस्रँदै छन्आफ्नै खुट्टाका बुढीऔँलाहरूले।

ए वैशाख !हेर तेरो दुर्लङ्घ्य प्रतिकूलताको पहाड नाघेरहामी उकालो लाग्दै छौँ खुरुखुरुओरालो झर्दै छौँ खुरुखुरु/तेर्सो लाग्दै छौँ खुरुखुरुअब हामी तैँले बाटोकुबाटो स्थापना गरेकाकुनै नवयौवनाहरूको मोहजालमा फस्नेवाला छैनौँतैँले सिर्जेको क्षणभङ्गुर स्वप्नसुखमा अल्झेरहामी जीवनको अवमूल्यन गर्नेवाला छैनौँहामीले बुझिसक्यौँ वैशाख, सङ्घर्षको मीठो अध्यायअब हेर्दैनौँ हामी तेरो बाटो कुनै शुभसाइतको आशामाअहँ हेर्दैनौँ... ... ...।