शोकगीतको पोस्टमार्टम
धपाउनु छ किरणहरूले हिर्काएरकोठाभरि बाँकी रहेको अँध्यारो ।
भोक चिहाइरहेछ निर्लज्ज जुठेल्नाबाटरोग ङिच्याइरहेछ दाँत आँखैअघिलखेट्नु छ सबैसबैलाई जीवनका छेउछाउबाट ।
यो उन्मुक्त हाँसोकसैको कुटिलता सापटी मागेर टाँसेको हैन अनुहारमा हामीलेझारेरै छोड्छौँ-डाँडामाथि मात्र लुकामारी खेली हिँड्ने घाम एक दिनजाबो बादल कतिन्जेल छेकेर उभिरहन सक्छ उज्यालो -हामी अनुहारहरूमा कलिलो सूर्योदय पर्खिरहेछौँ ।
लेखुँला नि कविता त !बस्, उक्सिऊन् मादल पेटहरूअलिकति हाँसो पोखियोस् सुनसान मझेरीतिरजताबाट आएको हो उतै फर्कियोस् चेतनामा लाग्ने रुँघाखोकीकविता त लेखुँला नि फेरि पनि !
धेरै गाइयो दुखका सुस्केराहरू भाका हालेरगीत गाएको अभिनयमाहामीले त शोकगीत पो गुनगुनाएका रहेछौँ आजसम्मआफ्नै छातीका वेदना निचोरेर
अब गर्नु छ- यी सबै शोकगीतको पोस्टमार्टमर निकाल्नु छ पीडाका कीटाणु जिन्दगीका चेपहरूबाटखोज्नु छ नयाँ समयका लागि नयाँ नयाँ भाकाहरूगीत त फेरि पनि हामीले गाउनै छ ।