समय र कवि

लेख्दालेख्दा मन रोएका हरफहरूबेथितिका प्रसङ्ग र प्रतिकूलताका प्रहरहररूभयभीत छ कविकतै भागेर नजाऊन् पीडाका अभिलेखआफ्नै कविताबाट दिनदहाडै

पङ्क्तिहरू हराएको एउटा थोते कविता कस्तो देखिएला -कल्पना गरिरहेछ कवि

त्यो भयानक परिदृश्य कस्तो होला -जब निस्केर कविताबाट वेदनाका हरफहरूको लामकविविरुद्ध नारा लगाउँदै हिँड्ला सडकमा !

कविहरूको निरीह जमातले चिर्ला कसरी -पीडित आफ्नै काव्यहरफहरूको महाभियोगकसले गर्ला वार्ताको मध्यस्थता विद्रोही हरफहरूसँग -अनि के होला सहमतिको बिन्दु -प्रतिरोधका अश्रुग्याँस र गोलीको वर्षा छिचोल्दैकसरी अदालतसम्म पुग्ला दुःखी हरफहरूको ताँती -र दायर गर्ला एउटा रिट निवेदनकविहरूका विरुद्धमा !

आखिर कहिले आउला -कवितामा पीडा लेख्नुनपर्ने दिनआजकल यही सोचिरहेछ एउटा कवि ।