शब्दकोशमा

विसङ्गति मात्र फुलेको छछैन सङ्गति कुनै हाँगामाकुविचारको घातक प्रहारलेमृत्युशय्यामा अचेत छ सुविचारगोत्र फेरेरशान्ति, सहभाव, सहकाल र सद्भावहरुलेएकपछि अर्का उधुम मच्चाइरहेन्शब्दकोशका पानाहरुमा ।

विचारको विरोधीलाईबन्दुक चखाएको भोलिपल्टैकाकाले कालो मसीले केरेकानुन र न्याय

भाउजूका आँखामापहेँलो चमकको छाया देखेसँगैदाजुले खाल्टै खनेर पुर्योइमानलाईप्रेमिकाको बाबु टाट पल्टेको सुन्ना साथैभाइले टिपेक्स लगायोमाया र प्रेम शब्दमा हतार हतार

सुवासमाथि दुगन्धले विजय पाएदेखिचोक चोकमा नमिठो गनाउँछ समय

आर्तनाद गर्छन्शब्दकोशबाट भागेका राम्रा शब्दहरुअराजक शब्दहरुजुधिरहेछन् शब्दकोशकै मैदानभरि

मेरो एउटा भाषाप्रेमी मित्रआज पनि नभेटिने के के शब्दखोजिरहेछ शब्दकोशमा ।