मेरो कविता

अविचल र्सूय मेरो कविताकसैको हत्केलाको छेकवारले छेकिन्नकोसीको अजस्र बहाव मेरो कविताकसैको निर्धो रोकाइले रोकिन्नमेरो कविता अतृप्त रहरहरूको महागाथा होमेरो कविता अटल आस्थाहरूको सगरमाथा हो ।

अवरोधमा उभिएका तगाराहरू छिचोलेरउदास मनहरूमा झुल्कन्छ मेरो कवितामझेरीदेखि माटोसम्मको यात्रामानिराकार बुद्ध खोज्छ मेरो कवितामेरो कविता आलो रगतको रक्तिम सौर्न्दर्यमा रमाउन सक्दैनसमस्यैसमस्याले गिजोलेको वर्तमानमाव्यथाका विदारक सन्देश सुनाउनतिम्रो हुलाकी बन्न सक्तैन मेरो कविता ।

मेरो कविता आफ्नो गरिबीको तस्बिर खिचेरतिम्री मायालुलाई उपहार दिन सक्तैनशोकमहोत्सवमा ह्विस्की पिएरडिस्को नाच्न सक्तैनअनास्थाको कालरात्रि निम्त्याउन मेरो कविताआफ्नै आस्थाको र्सूय निभाउन सक्तैनसपनाहरू बन्दकी राखेरनिस्फिक्री निदाउन पनि सक्तैन मेरो कविता ।

खग्रास मनहरूमा मेरो कविताभावनाका बिम्बहरू रोप्न चाहन्छभाइचाराका प्रतीकहरू उमार्न चाहनछबदलामा केही हैनविस्थापित विश्वासहरू पुनर्स्थापनको हेतु चाहन्छमनदेखि मनसम्मको सेतु चाहन्छमेरो कविता ।