सेता हिमालहरू
साना नानीहरूको स्निग्ध अनुहारमा उभिन्छन्र अग्लिन्छन् चाउरी परेका अनुहारमाथिको टाकुरामासेता हिमालहरू ।
कसलाई मन पर्दैन सेता हिमाल !हरेक दिन कर्मनिष्ठ हातहरू उभ्याउँछन्परिश्रमको एउटा सेतो हिमालहरेक रात समुन्नत सपनाहरूमाआस्था उभिन्छ सेतो हिमालराताराता गुराँसका थुँगा फुलाएर पहराका छातीभरिनिस्सीम सौर्न्दर्य बाँड्छन्सेता हिमालहरू ।
ढुकढुकीमा माटो बोकेर देश उभिन्छ सेतो हिमालपाइलापाइलामा उत्साह समेटेर लक्ष्य मुस्कुराउँछ सेतो हिमालअत्याचार ओकलोस् कसैमाथि त्यो हिमालको काम हैनकसैलाई बिझोस्/दुखोस् त्यो हिमालको स्वभाव हैनजस्तोसुकै परिवेशमा हाँस्छन्र हाँस्नै मात्र प्रेरित गर्छन् सबैलाईसेता हिमालहरू ।
मान्छेविचारको घेरा फराकिलो होस्र मनभरि उभियून् आत्मीयताका सेता हिमालहरूअपनत्वभावले ओसिलो बनोस् बस्तीर हरेक आँगनमा ठडियून् समृद्धिका सेता हिमालहरूसिनित्त पखालेर मनभरिका दुर्भावनामान्छे हिमाल बाँचोस् दिगन्तसम्मर मान्छे बाँचिरहून् सेता हिमालहरू ।