सौराहा* ! यो कुनै कविता होइन
चुरेका पृष्ठभूमिमा थपक्क बसेका काला सेता बादलहाम्रै पीडामिश्रति सुस्केरा पो हुन् कि ?बगरभरि भोक भएर सेताम्मे फुलेको काँसकिन हाँस्छ यसरी हाम्रो अभावमा ?पूर्ण यौवनमा फक्रिएको सौराहाको चर्को घामलाईछेकेर एउटा बकाइनोको रुखले एक्लै बसिरहँदायो मैले आफैलाई सोधेको प्रश्न मात्र होसौराहा ! यो कुनै कविता होइन ।
छेवैको विदेशीले गिलासमा खन्याएको रङ्गीन तरलकिन आफ्नै परेलाको डिलबाट ओभरफ्लो भएकोनुनिलो पानी देख्छु म ?उसले भर्खरै खिचेर अपलोड गरेको हाम्रै काँसघारी-भोक हेरेरकिन हर्षातिरेक हुन्छेउसकी सुदूर देशकी प्रेमिका फेसबुकको भित्तामा ?आखिर कहिलेसम्म यसै गरी भूमण्डलीकृत हुन्छहाम्रो गरिबीको सौर्न्दर्य ?यो पनि मैले आफैलाई सोधेको प्रश्न मात्रै होसौराहा ! यो कुनै कविता होइन ।
घरिघरि लाग्छ- आँखैअघिको रापती प्रवाहसँगै बग्दै छ देशर बग्दै छु म आफै पनि-पश्चिम पश्चिम हुँदै दक्षिणतिर निरन्तरअस्तित्व सङ्कटले पटक पटक धावा बोल्दा पनिकिन बोल्दैनन् बोल्नै पर्ने हाम्रा आफन्तहरू ?डुप्लिकेट कायर निद्राको बेहोसीबाट कहिले ब्युँझन्छन् ती ?युगौँदेखि दुखका छाल मात्र बगाउँदै आएको यो रापतीकिन एक पटक पनि बग्दैन खुसीका लहर बनेरया फेरि विद्रोहको आगो बनेर ?
बकाइनोका ससाना पातहरूका चेप च्यातेर छिरेकाघामका केही किरणहरू मेरो शरीरभरि बेसरम जिस्किरहँदामैले आफैसँग सोधेको प्रश्न मात्र हो यो पनिवास्तवमा सौराहा ! यो कुनै कविता होइन ।
(संरक्षण कविता आन्दोलन २०७०-०६-०६, चितवन सौराहामा रचित तथा वाचित)