सम्बोधनमा मित्र रामविलास

मित्र रामविलास !चढ्दा चढ्दै दुखको दुःसाध्य पहाडसधैँ सम्झिन सकिनँ होलातिमीसँग खाडीमा बाँधेको मित्रता,सकिनँ होला सधैँ सम्झिनँसँगै काम गर्दा हामीले साटेका दुखसुखका कथाहरूत्यहाँ हाम्रो मित्रता न पहाडी थियो न मधेसीदेश फर्किएपछिम यो जब्बर पहाडसँग लडिरहेछु जीवनको युद्धतिमी सुख्खा फाँटसँग लडिरहेछौ तृष्णाको लडाइँहामी दुबै उस्तै दुखिया हौँ रामविलास !मलाई शासक नभन ।

तिमीलाई थाहा छ रामविलास !हिमालमाथि उडेका चरार त्यसमाथि उडेका बादल हेर्दै हुर्केको हुँ मभिरमा उभिएका लाली गुराँसर, त्यसैको छेउबाट उकालो लागेको उकालो उक्लँदैत्यतैबाट ओरालो लागेको ओरालो ओर्लँदैत्यतैको पानी ऐनामा आफ्नो अनुहार हेर्दैत्यतैका बतासमा जीवनका सुरहरू सुसेल्दैआइपुगेको हुँ म यहाँसम्म ।

मैले बिर्सेको छैन-ग्रीष्मपछिको पहिलो वर्षासँगैमकैबारीबाट उठेको माटोको सुगन्धख्यालख्यालमै रहरलेबारीको डिलमा रोपेको आरुको बोटत्यो बोटसँगै आफूभित्र कतै हुर्कँदै गएको अभिभावक बोधसमय क्रममा आरुका फूल बनेर मनभरि फुलेको हर्षपहिलो चोटि ठेस लागेर रगतले भिजेको माटोधुले पाटी बोकेर पहिलो पल्टस्कुल टेक्दाको उत्सुकता र डरप्रथम पटक गरेको दोस्ती र झगडार जीवनकै खतरनाक अनुभव त्यो पहिलो प्रेमकसैको विरोधमा पहिलो चोछि उठाएको हातर कसैको र्समर्थनमा बजाएको पहिलो तालीकेही बिर्सेको छैन रामविलास !र, त्यही नै लेख्दै आएको छु आजसम्म कवितामा ।

बिर्सेको छैन रामविलास !कहाँ छ म उभिएको धरतीकहाँ र कति तलसम्म गाडिएका छन् मेरा जराहरूसमयको हुरीले खसेर आज आफ्नै रुखबाटहावामा उठ्दै उठ्दै म त्रि्रो छेउ आइपुगेको मात्र हुँमाटोको बास्ना त उस्तै नै छ यहाँ पनिर पनि, तिमीले भने जस्तोम लेख्न सक्दिनँ तिम्रा दुखका कथा मेरा कवितामातिम्रा दुखको गहिराइ तिमीलाई मात्र थाहा छत्यसैले, डुब्न सक्दिनँ म त्यो गहिराइमा तिमी जसरीर म उतार्न पनि सक्दिनँ तिम्रा पीडाहरुको वास्तविक तस्बिरतिम्रा दुखको आधिकारिक दस्ताबेजतिमीले नै लेख्ने हो रामविलास !

मसँग भिरमा मुसे खरुकी काट्दाचिप्लेर घुँडा फुस्केको अनुभव छम त्यही लेख्छुतिमीसँग पैनी छेउमा इकडी काट्दाढोडिया साँप कुल्चेको अनुभव छतिमी त्यही लेखत्रि्रा सुखका सपनामाजमिनदार र्सप जस्तै कुन्डली मारेर बसेको छमेरा सपनामा दाइँ गरिरहेछ हुक्के डिट्ठातिमीसँग खडेरीले मन डढाएका पीडा छन्मसँग तुसारोले मन ठिहिर्याएको दुखेसो छतिमी लिचीको बोटमुनि गोमनसँग सन्त्रस्त छौम चिउरीको बोटमुनि चितुवासँग डराएको छुहरेकका आफ्नै पीडा छन्ती पीडाका सौर्न्दर्य पनि तआफ्नै खालाका छन् नि रामविलास !

भन रामविलास !हिमालका सेपा दाजुले हिउँ र हिमाल नलेखेपहाडको मैले डाँडा र पाखा नलेखेतर्राईको तिमीले गर्मी र लु नलेखेतिमी नै भन-कसरी लेखिन्छ हाम्रो सिङ्गो देश ?