प्रतिकूल समय

दर्कन सक्छ ताराहरूको झरीफुत्त खस्न सक्छ भर्भराउँदो र्सूय टाउकैमाथिहेर्दाहेर्दै फलाम चुहिन सक्छ मैन झैँ पग्लेरर ठडिन सक्छ मैन शीतकालको हिउँ जमे झैँवाचाल हुन सक्छन् अबोला ओठहरू छिनमैप्रिय यादहरूमा सल्केपछि विस्मृतिको डढेलोफूल काँडा हुन सक्छ / काँडा फूल हुन सक्छजब चुहिरहन्छ समय बेहिसाब परेलाका डिलहरूबाटयस्तो बेला जे पनि हुन सक्छ ।

भाँचिन सक्छ समाएको हाँगोअथवा भासिन सक्छ उभेको जमिनएकाएक हिँड्न सक्छन् कालो झन्डा बोकेर-सडक किनारका खम्बाहरू इन्कलाब गाउँदैभागेर लेख्दालेख्दैको कविताबाट बिम्बहरूआँप र मेवाका बोटहरूमा झुन्डिन सक्छन्खसेर सपनाका बुट्टाहरू आफ्नै आँखाबाट आफैअघिकुनै यातनाको नमिठो राग अलाप्न सक्छन्हराएपछि मानवता नामको जिनिसव्यस्त चोक बजारमा एक्कासिचुँडिन सक्छन् सम्बन्धका नाजुक डोरीहरू थाहै नपाईसुक्न सक्छन् आस्थाका आँकुराचैते वन जस्तैबिर्सेर सुरिला वासन्ती धुन कोइली पनि रुन सक्छयस्तो बेला जे पनि हुन सक्छ ।

हो, मनको वनभरि फुलेका स्वच्छन्द विचारलाईजब खोजिन्छ प्लास्टिकका गमलामा कैद गर्नतब विद्रोहको समुद्री लहर उठेरसगरमाथाको चुली छुन सक्छयस्तो बेला जे पनि हुन सक्छ ।