बिम्ब : एउटा देशको
नथाक्दै यात्राका पाइलारङग्याउनु छ हिमाल गुराँसका बिम्बहरुलेजुन बोकेर चिर्दै अन्धकार बस्तीगर्नु छ उद्घोष विजयको-भोकहरुमाथि - रोगहरुमाथि - शोकहरुमाथि ।
एक युग हाँसो पर्खेका ओठहरुमालिप्नु छ बिम्बहरु खुसीकाअभाव निदाएका उदास मझेरीहरुमाउमार्नु छ बिम्बहरु सम्पन्नताकाअनि थमाउनु छ-भर्भराउँदो निख्खर सूर्य उज्यालोका नाममाविजय यात्रामा निस्केका हत्केलाहरुमा ।
दृष्टिको सीमान्तसम्मउन्मुक्त उडेका परेवाहरुको सुकिलो बिम्ब टाँगेरसजाउनु छ बस्तीमाथिको आकाशसिँचेर पसिना देश नामको फूलबारीमाझुलाउनु छ आत्मीयतार खोज्नु छ यतैएउटा सग्लो सिङ्गो देश ।
देश : जहाँ बिसाएर सबै वेदनाहरुमान्छे निर्द्वन्द्व मान्छे बाँच्न सकून्मिल्काएर सबैसबै विभेदहरुएउटा सिङ्गो हिमाल हाँस्न सकून् ।