पानीको रङ
सधैँ जस्तो आएर हुलाकी समय जिस्क्याउँछ-पानीको रङ कस्तो हुन्छ -
कति पटक हेरियो पानीमा लहरहरुको ओहोरदोहोरहिमालको छाया, पाखाको प्रतिबिम्बत्योभन्दा धेरै हेरियो आफ्नै अनुहारको ढलपल चित्र पानीमैनिलो आकाश पानीमै टल्कियोताराहरूको झलिमिल हल्लिरहृयो पानीभित्रैबादलका बुट्टाहरुले कति खेले लुकामारी यही पानीमा, देखियोतैपनि थाहा लागेन-पानीको रङ कस्तो हुन्छ -
अतीतका सुदूर स्मृतिमाजब तिमी उभिन्थ्यौ किनारमातिमी जस्तै लाग्थ्यो पानीको रङम उभिन्थेँ मै जस्तोतिमी नै भन-पानीको रङ तिमी जस्तो कि म जस्तो -तिमी हाँस्दा गुलाबी हाँसो हाँस्थ्यो पानी पनितिमी रुँदा कालो बादल लाग्थ्यो पानीको सतहभरिपानी त गुलाबी पनि बन्थ्यो छिनमैर अँध्यारिन्थ्यो पनि एक्कासि ।
यसपालि पनि लखेटिएको छुप्रश्नका नीलडाम छन् शरीरभरिनेपथ्यमा सोधिरहन्छ समय घरिघरि-पानीको रङ कस्तो हुन्छ -
आज लाग्दै छ-सायद पानीको रङत्रि्रो र मेरो सम्बन्धको रङ जस्तै हुन्छ
सम्बन्ध जसको कुनै नाम छैनपानी जसको कुनै रङ छैन ।