निमेष निखिल : शब्दचित्र
सिन्धुलीमा जन्म्यो सर्लाही धायोलेख्नेपढ्ने बाहनामा हेटौँडा आयोत्यसो त ऊ एकताका कोलकातातिरबेपत्ता पनि नभएको हैनसिल्ली बन्न दिल्लीतिर पनि नगएको हैनजता गए पनि बग्न नछाडेपछिदुखका आँसु पिलपिलआजकल कविता लेख्न थालेको छ निमेष निखिल ।
प्लस टु सकेर बिएड थाल्योबिएडभन्दा अगाडि नै बिहे भ्यायोससुराकी छोरी डेरामा ल्यायोवर्षदिनमै देशको जनसङ्ख्या बढायोअनि त बबुराले पाउनु दुख पायोबोर्डिङ पढायो ट्युसन जमायोकहिले रोयो कहिले रमायोजहिले पनि खोयाबिर्केकै साथ पायोकहिल्यै फोड्न पाएन ह्विस्कीको सिलअनि पो कविता लेख्न थाल्यो निमेष निखिल ।
पान पसलदेखि रासन दोकानसम्मउधारोले शासन गर्न थालेपछि उसलेसहरमा सडकहरू कम भएको महसुस गर्योजिन्दगीको कुरुक्षेत्रमा समस्यासँग लड्दाकहिले घाइते मात्र भो कहिले झन्डै मर्योआज पनि सोच्छ ऊ- पत्याउन सक्दैनआँसुको त्यो महासागर कसरी तर्योमान्छेहरू भन्छन-कहिल्यै कुण्ठाको कालो बोकेन उसलेसधैँ सफा राख्न खोज्यो दिलसायद त्यसैले कवि बन्यो निमेष निखिल ।
सबैलाई सम्मान गर्ने अपराध गर्छ ऊकालोलाई कालै भनेको अभियोगमा पर्छ ऊदुख पाए पनि सधैँ हाँस्छ ऊकसैकसैलाई ऊ हाँसेको मन पर्दैनत्यै भएर कहिलेकाहीँऊ कसैका कथाको कुपात्रमा दर्ता हुन्छकसैका कविताको विषय बनिदिन्छकुण्ठाका पोका मनका डोकाभरि बोकेर हिँड्नेसँग पनिऊ कहिल्यै गुनासो गर्दैनत्यसैले हुन सक्छऊ धेरैलाई मन पनि पर्दैनयसैगरी भुक्तान गर्दै छ ऊजिन्दगीका उधारा बिलभ्याएसम्मका कविगोष्ठीहरूमाआज पनि कविता भन्दै हिँडिरहेछ निमेष निखिल ।