नयाँ वर्ष

आँखाका चिसा सपनाहरूमायस पटक पनि छैन प्रतिबिम्बनयाँ वर्षको ।

मनका धागो फुस्केरअसरल्ल छन् विश्वासका दानाहरूफरक छैन काकाकुल तिर्खाका संस्करणहरूमाउही र उस्तै छ तन्नेरी छोराछोरीमा-विदेश गमनको प्रतिस्पर्धाइच्छाहरूलाई अराजक हुनुको अभियोगमाबन्दीखानामा कैद गरिएको छयस्तैमा एउटा अनन्य मित्रलेभिसा लागेको खुसी पोतेरएसएमएस मार्फत् पठाएको छ-नयाँ वर्षको शुभकामना ।

हरेक साँझ रक्सी छोडेको खुसीमारक्सी नै खाएर सेलिब्रेट गर्ने मेरो साथी जस्तैयसपालि आउला... आउला अर्को वर्ष तपर्खँदा पर्खँदै बगे धेरै वर्षरू समय नदीमाहरेक पल्ट फेरिन्छ भित्ताको क्यालेन्डरफेरिन्न छातीको भित्तामा लागेको घाउफेरिन्छ पालुवा रुख बिरुवामाफेरिन्न थुप्रै दाजुभाइहरूको आवरणन फेरिन्छ अनेकौँ भाउजू दिदीहरूको लाजको पहरेदार ।

र पनि सहरमा हराएको जनप्रतिनिधिचुनावको चर्चासँगै नमस्कारको भारी बोकेर गाउँ फर्के जस्तोकिन आउँछ कथित नयाँ वर्षहरेक साल ?