दुर्बोध्य समय र दोभासेहरूको खोजी
समय निकै दुर्बोध्य भएको छ आजकतै भेटिएका छैनन्/देखिएका छैनन्म खोजिरहेछु/हेरिरहेछुमेरो भाषामा समय बुझाउने दोभासेहरू ।
भन्नेहरू घाम लाग्नुको पनि अर्थ छ भन्छन्पानी पर्नुको पनि अर्थ छ भन्छन्भाग्दाभाग्दै अर्थहरूको पछिपछिथाहा छैन कहाँ छुटे जिन्दगीका अर्थहरूबाँकी छ त तिनै अर्थहीन शब्दहरूको कोलाज छमेरो चेतनाको परिसरवरिपरि ।
शब्दमा बोल्दैन समयछातीमा घोडेटापजस्ता किरिङमिरिङ डोबहरूखोलाको एकोहोरो रागजस्तो भाषाकविताका अप्रचलित प्रतीकहरूको जस्तो उद्घोषर हुरीको वेगझैँ शब्दतरङ्गयस्तैयस्तै भाषा बोल्छ समय ।
अब अर्थिनुपर्छ कहिल्यै अर्थिन नसकेको समयभाषाउत्खनन गर्नुपर्छ अबयसमक्रममा अर्थको पछिपछि भाग्दा हराएकाजिन्दगीका अर्थहरूसधैँसधैँ प्रतिकूलताको अर्को नाम होइन समय, हुनुहुँदैनएउटा निरस्त्र र प्रेमपूर्ण आक्रमणसायद मागिरहेछ समय मान्छेसँग आज, यस्तै लाग्छ ।
र, समय निकै दुर्बोध्य भएको छखोजिरहेछु म आज पनिमेरो भाषामा समय बुझाउने दोभासेहरू ।