मर्निङ वाकमा

मोबाइल अलार्ममा नक्कली भाले बास्छ जबर, क्रमैसँग बज्न थाल्छन् मित्रमण्डलीका फोनअनि सुरु हुन्छ हरेक बिहान- मर्निङ वाक ।

मर्निङ वाकमा भेटिन्छन्-भ्रष्टाचार पचाएर कुखुराका चल्ला कुल्चिने हाकिम सापथरिथरि धर्मका विज्ञापन जस्ता लाग्ने जामाहरूयहीँ भेटिन्छन्-ठुलो पेटभित्र साना नानी बोकेर हिँडेका आमाहरू ।

यतै देखिन्छन्-बिदेसिएका श्रीमतीका पतिर पतिहरूका श्रीमतीभेटिन्छन् कालो बजारका सेता व्यापारीअजीर्ण डकारेर थरिथरिका रोग बोकेका बिमारीअनि देखिन्छन् सहरका सामान्य नरनारी ।

यही बाटो भएर हिँड्छव्यस्त बजारका खुद्रा पसलेहरूको लाइनटिन एजरहरूको प्रेमिल जोडीयतैबाट हिँड्छन्-बेकरी आइटम बोकेका साइकल र म्याजिक भ्यानयदाकदा यतै झुल्किन्छन्सहरका सेलिब्रेटी र तिनका फ्यान ।

यतैबाट हिँड्छन्-जीवनभर आधा पेट बाँचेका नागरिकयतै भेटिन्छन्-पूर्वमन्त्री र राज्यपालित तिनका सरकारी अङ्गरक्षक ।

यदाकदा मात्र भेटिन्छन्-सहरका कवि, कथाकार अनि समीक्षकहरूसबैभन्दा बढी भेटिन्छन्-आँखामा कालो पट्टी बाँधेरविकृतिको रेखदेख गर्न हिँडेका निरीक्षकहरू ।

बेला बेलामा यतै झुल्किन्छन्-सत्तापक्ष र प्रमुख प्रतिपक्षका सानाठुला नेताहरूअनिच्छित रुपमा यतै भेटिन्छन्-इमानका थोक तथा खुद्रा क्रेता र विक्रेताहरू ।

सबैसबै छन्,एउटा सानो र सिङ्गो संसार छ- मानौँ मर्निङ वाकमातर बर्र्सौँदेखिको जर्जर बिरामी यो देशमेरो देश !यो किन कहिल्यै निस्कँदैन मर्निङ वाकमा ?