भन रामलखन !

रामलखन !एउटै हो तिमीले र मैले ओढेको आकाशउही हो ओछयाएको धरती र टेकेको माटोउस्तै छ जीवन हिँडेको हाम्रो बाटोभन ! कसले सल्कायो अविश्वासको आगो हाम्रो बस्तीमा -कसले ठड्यायो विभेदको पर्खाल रातारात -कसले सुकायो क्रोधित आँखाहरूको बिस्कुनहाम्रै बस्तीका बाटाबाटा र चोकचोकमा -मेरो कल्पनासम्ममा छैनमेरो अनुपस्थितिको तिम्रो होली र छठतिम्रो अनुपस्थितिको मेरो दसैँ र तिहारतिमी नभएको मेरो छोराको बिहेम नभएको तिम्री छोरीको मगनी ।

मलाई लाग्दैन बिर्सन सक्छौ तिमी-एउटै डगरमाहामीले नाङ्गैभुतुङ्गै तय गरेको जिन्दगीको लामो यात्रार सँगै काटेका सुखदुखका कुइनेटाहरूभन्न सक्छौ तिमी-हामीले सँगै बगाएका पसिनाको मात्रा ?या नाप्न सक्छौ सुखदुखको सुगन्ध-हामीले एक साथ अनुभूत गरेको ?

भन रामलखन !कहिले निभाउने यो अविश्वासको आगो ?कहिले ढाल्ने विभेदको पर्खाल ??कहिले उठाउने यो घृणाको बिस्कुन ???

हुनत तिमीमा पनि छ र मभित्र पनि-भन रामलखन !कसरी निकाल्ने छातीभित्रको एउटै देश ?