ऐना अगाडि
जीवनका रहरहरुमा जति मलजल गरे पनिआत्मामा जति उमारे पनि हरिया सोचका बिरुवाबाहिरी आवरणभरि पोतेर भलादमीपनहामी आडम्बरहरुको प्रदर्शनमा व्यस्त छौँ ।
छुटिसकेको छ चिन्तनको चौतारोफुटिसकेको छ विचारको चस्माहाम्रा काँधले अब-जिम्मेवारी बोक्न इन्कार गरिसकेका छन्रामरमिता बास बसिसकेका छन् आँखाहरुमाआदर्शको खोक्रो सुरूवाल फाटेर कुरिकुरी भइसकेको छर पनि अर्थहीन अभिनयका अभिनेता बनेकै छौँ हामी ।
कति चढ्यौँ चढ्यौँ चियागफका सगरमाथाबर्सौँ भो आफ्नै घरको चुहिने छानो टाल्न सकेका छैनौँकति छाट्यौँ छाट्यौँ देशै हरियाली बनाउने भाषणआफ्नै करेसाको फूलमा पानी हाल्न सकेका छैनौँर पनि सबैलाई उछिन्दै गफको म्याराथन दौडेकै छ हाम्रो ।
धैरै पछि ऐनाअघि उभिँदा आफूलाई अत्यन्त कुरुप देखेँ मैलेखोपिल्टा मात्र थिए आँखामा, सपना थिएनन्चाप्लुसी टाँगिएको थियो ओठको क्षितिजभरि, मुस्कान थिएनर त्यहाँ झुन्डिएको थियो एउटा ठुलो ताल्चानाक त झन् छँदै थिएन, म कहाँ हुनुत्यसै दिनदेखि मैले म आफैँ सिद्धिएको घोषणा गरेको छु ।
भन मित्र !तिमीले ऐना नहरेको कति भयो ?