कविताका नाममा
एकतर्फी मन पराइएकीपूवप्रेमिकाको अनुहारको धमिलो चित्रउमेरमा गरिएका केही हरफ बदमासीहाँसेका रोएका केही पलहरूको झल्याकझुलुकआफ्नो अर्समर्थता र छिमेकीहरूको इर्ष्यायस्तै-यस्तै केही मात्र लेखिएछ आजसम्म-कविताका नाममा ।
लेखेको भए- बाका दुइ हत्केला ठेलामा कोरिएको जीवनको तस्बिरवा आमाका रसिला आँखामा देखिनेआफ्नै अनुहारको प्रतिबिम्बअरबतिर जीवन सिला खोज्ने कोलम्बस दाजुको कथाअथवा ढिकीजाँतोमा पीडाका शास्त्रीय राग अलाप्नेनवविवाहित भाउजूका वेदनाबरु हुन्थ्यो कि कविता जस्तै केही ?
लेखेकै भए- ठुलाघरेको छोरो एक्कासि गाउँबाट अन्तर्ध्यान हुनाको कारणर छिमेकी दिदीले घाँटीमा डोरी बाँधेरजीवनकै पिङ खेल्नु बिचको गूढ सम्बन्धअथवाआक्कलझुकल सुनिनेठुली फुपूको बैँसका कहालीलाग्दा कथाव्यथा,फूल र सपनाप्रतिको उनको तीव्र वितृष्णार अझैसम्म उनको बिहे बहुनुको भित्री रहस्यसायद, कविता जस्तै देखिन्थ्यो होला त्यो पनि ।
कविताका नाममा- लेखेर मान्छेभन्दा टाढाका सुदूर तिलस्मी भ्रामक सन्दर्भब्युझएिको छु आज कथित कवि हुनुको भ्रमबाटबडेमानका शब्दहरूको मान्छे नै छेक्ने पर्खाल हैन रहेछ कवितातिम्रो कोटको खल्तीमा स्युरेको गुलाफ,वा तिम्रो टल्कने सुनको महँगो दाँत होइन रहेछ कवितान भाले मयूरको रङ्गीबिरङ्गी प्वाँखै रहेछ कविता !
लेखेछु कविता कुनै दिन भने,अब लेख्नेछु-एउटा अधिनायकले तिमीतिर उठाएको चोर औँलाको विरोध,खेतमा खडेरी चुहेर पेटमा धाँजा फाटेको दुखेसो,नदी बौलाएर गाउँ पस्दाको चित्कार गीतर पहिरो हाँस्दा जीवन धुरुधुरु रोएको चूडान्त वेदना ।
सकेँ भने कवितामा आविष्कार गर्नेछु-एउटा त्यस्तो चमत्कारी ऐना-जहाँ फूल फुलेका मान्छे अनुहार मात्र देखिनेछन् ।