आगो टेकेर
हो, आगोमै उभिएको छुबदलामा, कविता जो लेख्दै छु ।
लेख्ने भए मात्रै तन्नेरी सौर्न्दर्यको चहकरङ्गीन फूलहरू, हिमाली हाँसो र नदीको कलकलसायद म पनि अटाउँथेँ कि तिम्रो कवि परिभाषामा ?
हिर्काइएपछि मान्छेको मौनतालेपराधीनताले, पीडाले, सुस्केराले पटक पटकलखेटिएपछि सहरको उदासीले, गाउँको शून्यताले एक साथकविता लेख्नु आगोमा टेक्नुभन्दा दुष्कर हुँदोरहेछ ।
थाहा छैन, अरेबियन हुन् कि भाइ छोराहरू ?या इजरायली हुन् छोरी बुहारी ?सबै सबै आमाहरू प्रश्नका आँसु निफन्छन् नाङ्लामाप्रत्येक बाबुहरू प्रश्नकै खास्टो ओढेर हिँड्छन्आगोमै टेकेर खोज्दा पनि झुल्किँदैन जबाफ कहीँकतै ।
ठुला ठुला जहाजमा चढेर हिँड्न थालेदेखिन्सपना समेत आउन सकेका छैनन् आँखामावियोग बजेका रुन्चे पखेरामुनि उभेरआँसुको ओइरो हालिएका ढिकी जाँताछेउ बसेरयसपालि पनि सकिनँ कविता लेख्नभलै नपरूँ तिम्रो कथित वर्गीकृत कवि कित्तामा ।
भन्, ए समय !अभावको बिस्कुन चर्ने भँगेरा धपाएर आफ्नै आँगनमाफूल मुस्कुराएको, हिमाल हाँसेको, नदी कल्कलाएकोनक्कली कविता लेख्नुके आगोमा टेक्नु होइन ?