अनिद्रा

आँखामा आगो नभएको भएम पनि निदाउँथेँ होला- सपनाहरू सिरानी हालेरनिदाउँथेँ होला- ओढेर लाटो समय चुपचाप चुपचाप ।

बन्धकी खुसीहरूले विलाप नगरेका भएशरणार्थी रहरहरू हड्तालमा नउत्रेका भएभोकहरूले कालो झन्डा नदेखाएका भएशोकहररूले दिनदिनै धर्ना नकसेका भएम पनि निदाउँथेँ होला-सपनाहरू अँगालो हालेर चुपचाप चुपचाप ।

व्यथाहरूको आक्रमणले आत्तिएँअनास्थाहरूको पहिरोले पुरिएँबगेँ आँसुसँगै विवश लहरहरू बनेर किनारैकिनारर पखालिरहेँ परचक्री पाइताला आँसुहरूले बाध्यतामानत्र म पनि निदाउँथेँ होला-रहरहरूको ओच्छ्यान हालेर चुपचाप चुपचाप ।

सङ्गति भत्किएको सिङ्गो परिवेश काँध हालेरनसकेर समात्न आँखैअघिबाट भागिरहेका सपनाहरूमिसाएर अर्समर्थ सुस्केराहरुको ताँती-आफैँलाई र्स्पर्श गरेर जाने हावामा घरिघरिआज पनि सुसमयको बाटो ढुकिरहेछु एक आँखा निद्रा बोकेर ।

पाइलाहरूको उत्साहित गति बिदामा बसेको भएखुसीको घामले सपनामा आएर नजिस्क्याएको भएपत्थर छातीमा मुक्का बजार्ने साहस मूच्छिर्त भएको भएर तिम्रो अनुहारबाट मुस्कानले डेरा नसरेको भएम पनि निदाउँथेँ होला-खल्तीमा घाम र जून घुसारेर चुपचाप चुपचाप ।

आँखामा आगो नभएको भएम पनि निदाउँथेँ होला- सपनाहररू सिरानी हालेरनिदाउँथेँ होला- ओढेर लाटो समय चुपचाप चुपचाप ।