वेदनामा समयले छुरी धसेको त्यो रात

वेदनामा समयले छुरी धसेको त्यो रातएकान्तमा तिमी र म सँगै बसेको त्यो रात

माया गर्ने अभियोगका अभियुक्त थियौँ हामीअपराधमा समाजले पाता कसेको त्यो रात

यताउति छरिएका सपनाका टुक्राहरुमनको सुन्दर बगैँचामा हुरी पसेको त्यो रात

वियोगमा मर्ने हो कि सँगै मरी सधैँ बाँच्नेदुबिधाको भुँमरीमा हामी फसेको त्यो रात

हातमाथि हात राखी जीवन छाम्दै थिए 'निखिल'आकाशबाट प्यारो एउटा तारा खसेको त्यो रात।