तिम्रो आफ्नो इच्छा गर

तिम्रो आफ्नो इच्छा गर छैन कुनै कर मेरोआँखा चिम्ली नडराई गरे हुन्छ भर मेरो

सौन्दर्यको पहरा म रात दिन गर्छु बरुइमान मैले बेच्या छैन नमान है डर मेरो

जमानाले आज यौटा नयाँ मोड लिइसक्योतिमी भने अझै पनि सोध्ने गर्छ्यौ थर मेरो

यति ठूलो संसारमा अन्त कतै जानु छैनतिम्रै मनको कुनातिर भए हुन्छ घर मेरो।