दायित्वका खाता हेरेँ
दायित्वका खाता हेरेँ गर्नु धेरै शेष रै'छपिरतीमा रुनुभन्दा एक्लै बस्नु बेस रै'छ
विश्वास गरेँ धेरैलाई धोका पाएँ जताततैछिनछिनमै बदलिने मानिसको भेष रै'छ
अझ पनि बिराउँदै छु जिन्दगीको पाखोबारीअलिअलि बुझ्दै छु म मान्छे भन्नु देश रै'छ
उमेरको ओरालीमा बल्ल आज थाहा पाएँनिखिलको नियतिमा मात्र सेतो केस रै'छ।