तिम्रा पाइताले टेक्ने गोरेटोको
तिम्रा पाइताले टेक्ने गोरेटोको याद आयोकम्मरमा झुन्डिएको खुर्पेटोको याद आयो
चचुरामा बादलुका भारी बोकी उभिएकोअग्लो निकै अग्लो त्यो नेटोको याद आयो
गुराँसको बोटनेर भावनाको खेती गर्थ्यौतिमीले बिर्सेको त्यो कुइनेटोको याद आयो
भौतारीको बाटो हुँदै ढुङ्गेधारा आउँदाजाँदागाग्रो अड्याउने कम्मर गग्रेटोको याद आयो
अतीतले समयका पाना पल्टाउँदा आजअघोषित हाम्रो हुलाकी त्यो केटोको याद आयो।