पृथ्वीको भार हजुर
पृथ्वीको भार हजुर चढ्छ चिल्लो कार हजुरउसैलाई भेट्न आज सबको मारामार हजुर
महँगीले आकाश छोयो धुरुधुरु मन रोयोकहिले हुने हाम्रो कमाई दुईबाट चार हजुर
गरिबीले पाता कस्यो कर्म हाम्रो कता पस्योहराउँदै छ दुखियाको जिउने आधार हजुर
आफन्तको नाउँ छैन टेक्ने कुनै ठाउँ छैनबाटोभरि बिछेको छ तरबारको धार हजुर
मध्यान्हमै रात खस्छ अभावले घाँटी कस्छयही हो त 'निखिल'को जिउने संसार हजुर?