फाँटभरि घाम बोकी

फाँटभरि घाम बोकी जीवन झुल्छन् बालाहरुगलाभरि मुस्कुराउँछन् विजयका मालाहरु

दुखव्यथा साथी हाम्रा हात समाई हिँडेका छौँबालेकै छौँ जस्केलामा आशैआशका पालाहरु

रोकिँदैन हाम्रो यात्रा गन्तव्य नटेकेसम्मबैरीहरुले बाटोभरि छरे पनि भालाहरु

कहिलेसम्म दबाउँछौ विरोधका स्वर 'निखिल'खोल अब ओठबीच झुन्डिएका तालाहरु।