पसिनाको धारा बगाई

पसिनाको धारा बगाई मिहिनेत गर्नुपर्छरगतमा डुबाएर बीजहरू छर्नुपर्छ

हाडमासु घोटिघोटी दुःख गर्ने गरिबलेएक छाक खान पनि अरूकै भर पर्नुपर्छ

रापी, गोडी, काटी, झाँटी मुखमा बाली आएपछिहृदयमा ढुङ्गा राखी साहुको भाँडो भर्नुपर्छ

भाषणमात्र हैन अब काम गर्ने बेला आयोदरिद्रले शोषणको महासागर तर्नुपर्छ

धरतीको छातीभरि जसले सुन फलाउँछबिडम्बना उसैले नै भोकै यहाँ मर्नुपर्छ