काँडा पाएँ त के भो
काँडा पाएँ त के भो फूल हुर्काएँ मैलेशाखा मर्यो त के भो मूल हुर्काएँ मैले।
बाँच्न खोजेँ सम्बन्धको एउटा सेतु बनाएरतिमीलाई आफ्नो ठान्ने भूल हुर्काएँ मैले।
रोइनँ, समेटेँ सारा व्यथाका पत्रपत्रहरूआफैंलाई पीडा दिने शूल हुर्काएँ मैले।
ढाँट्न सकिनँ कालोलाई कालै भनी चिच्याएँवरिपरि आलोचकहरूको हूल हुर्काएँ मैले।