आजभोलि पँधेरीमा पानी भर्ने

आजभोलि पँधेरीमा पानी भर्ने छैन कोहीविपत्तिमा आफन्तकै दुःख हर्ने छैन कोही

अभावले अँगालोमा बारम्बार कस्दा पनिनयनका आँसु पुछी खुसी छर्ने छैन कोही

चौबाटोमै यौटा मान्छे लडेको छ आँखैअछिमान्छेलाई मान्छे सम्झी सामु पर्ने छैन कोही

हत्केलामा मुटु राखी हिँड्दा पनि 'निखिल'लेआफ्नै मान्छे सम्झिएर माया गर्ने छैन कोही।