जिन्दगीले सधैँसधैँ खुसी पाउँदो रहेनछ

जिन्दगीले सधैँसधैँ खुसी पाउँदो रहेनछवेदनाले मुटु जल्दा धुवाँ आउँदो रहेनछ

जतिसुकै छाँटे पनि आदर्शका कुराहरुभोको पेट देशभक्ति गीत गाउँदो रहेनछ

खुसी साट्ने धेरै देखेँ साथीभाइ इष्टहरुविपत्तिमा आफन्तैले हात लाउँदो रहेनछ

सन्तापले मुटुभित्र डेरा हाली बसेपछिसान्त्वनाले दुखी मनको पाली छाउँदो रहेनछ।