टुक्रिएर बाँचेको छ

टुक्रिएर बाँचेको छ टुक्राटुक्रा जिन्दगानीआँखाभरि टिल्पिलाउँछ वेदनाको आँसु पानी

घाउहरु कति दुखे छैन कुनै लेखाजोखाछातीभरि बोक्नै पर्ने दुख भन्ने जानीजानी

हाड घोटी बाँच्नु कति दुखदायी संसारमाकति झेल्नु व्यथाहरु मित्रजस्तै मानीमानी

तिमी आयौ हुरीजस्तै लहर छायो जिन्दगीमाउडाएर लग्यौ मेरा खुसीहरु छानीछानी।