जलेको बलेको छ मेरो तराई
जलेको बलेको छ मेरो तराईथिए जो दिलैमा भए ती पराई
हिजोसम्म कस्तो थियो प्रेम हाम्रोकहाँको कताको गरायौ मलाई
यता घाउ दुख्दा त्यता हाँस्न थाल्यौम खोज्दै छु पानी नदेऊ सलाई
सबै बिर्सी आऊ बितेका कुरा तीमिलाएर छाती बनौँ भाइभाइ
फलाऊँ फुलाऊँ छ नेपाल राम्रोयहाँ जित्नु के नै छ माटो जलाई।