बगरमा काँस फुल्यो
बगरमा काँस फुल्यो सेतै देख्छु बगर पनियात्राबीच तिमी छुट्यौ शून्य देख्छु डगर पनि
परेवाले घुर्दा पनि बन्दुक पड्केजस्तो लाग्छरगतमै लतपतिएजस्तो देख्छु नगर पनि
पोल्टाबाटै विश्वास किन लुटिएको भान हुन्छआफैँतिर खसिरहेजस्तो देख्छु सगर पनि
जिन्दगीका डोरीहरु यति कमजोर भए आजमृत्युबाहेक सबै झुठोजस्तो देख्छु खबर पनि।