धारिलो छ तरबार
धारिलो छ तरबार आँखै अगाडिप्रियको छ उपहार आँखै अगाडि
जिन्दगी छैन कतै टाढाटाढासम्ममृत्युको छ समाचार आँखै अगाडि
उर्लेको भेल छ खडेरी प्रदेशमाबैँसको छ अभिसार आँखै अगाडि
मन्दिर टुँडालतिर छैनन् परेवा कतैसधैँको छ काटमार आँखै अगाडि
खालीखाली छ सिंहासन मनकोढलेको छ सरकार आँखै अगाडि।