बिरानो भो आज किन

बिरानो भो आज किन गाउँजस्तो गाउँ छैनतर पनि तिमीबाहेक जप्ने अर्को नाउँ छैन

निकै कठिन हुँदो रै'छ पिरतीको बहिखाताब्याजको त कुरै छोडौँ पोल्टाभित्र साउँ छैन

सपनामै यत्ति आयौ तिमी मेरो जिन्दगीमाविपनामा अब फेरि तिमीलाई पाऊँ छैन

धेरै धाएँ तिमीलाई धेरै कुरेँ गल्लीहरुभै'गो अब यो मुटुमा तिमी बस्ने ठाउँ छैन।