बगाएर लग्यो जसले जिन्दगीका पाताहरु

बगाएर लग्यो जसले जिन्दगीका पाताहरुबाँकी छैनन् पाना कुनै छैनन् बाँकी गाताहरु

यो कोसीले कुन जुनीको बदला लियो थाहा छैनसम्झनामै मात्र बाँकी रहे सारा नाताहरु

फूलजस्ता छोराछोरी बगिगए आँखैअघिकठै कति रोए होलान् वेदनाले माताहरु

माथि बसी हेर्छ भन्ने दैव आज कता गयोविपत्तिमा ओढ्न मिल्ने छैनन् कुनै छाताहरु

चस्किएर दुख्छ अझै मनको घाउ आलो नै छओभाएका छैनन् आँखा बिते धेरै साताहरु।