सम्झौँ भने दुख्छ मुटु

सम्झौँ भने दुख्छ मुटु बिर्सौँ पोल्छ छातीवेदनाको लहर चल्छ एकान्तमा राती

विगतका सम्झनाले झस्काउँछन् घरिघरीबाँच्नै पर्ने बाध्यता छ आफैँभित्र मरिमरीकति चढाऊँ ढुङ्गालाई अझै फूलपातीवेदनाको लहर चल्छ एकान्तमा राती

बितेका ती पल डुल्छन् बेहिसाब बतासमाएक्लै रुन्छ यौटा तारा मेरो मनको आकाशमापिरतीमा फस्नुभन्दा मर्नु रै‘छ जातीवेदनाको लहर चल्छ एकान्तमा राती