माटो रोयो, ढुङ्गा रोयो
माटो रोयो, ढुङ्गा रोयो, रोयो वनपाखामेरै रुवाइ चोरी हाल्यो न्याउलीले भाका
विरानो भो आफ्नै आँगन तिमी गएपछिआँखैअघि पराइकी तिमी भएपछिबगिरहन्छ आँसुधारा रोकिँदैनन् आँखामेरै रुवाइ चोरी हाल्यो न्याउलीले भाका
शून्यशून्य संसारमा बस्छु छट्पटाईदया गरी बरु दैव उठाइदे न मलाईव्यथाहरू धपाउने छैन कुनै नाकामेरै रुवाइ चोरी हाल्यो न्याउलीले भाका