हे कर्मयोगी नेपाली

हे कर्मयोगी नेपाली पुर्खाको शिर उठाउँदैहिमाल, पहाड, तराईमा सोरठी, सेलो घन्काउँदै

भृकुटी, सीता, बुद्धको पवित्र भूमि नेपालविश्वको छानो चम्कन्छ सगरमाथा हिमाल

अमरसिंह, भक्ति र भानुको गाथा गाउँदैचिनाऊँ नेपाल विश्वमा शान्तिको गीत घन्काउँदै

अनेकतामा एकता नेपाल हाम्रो गौरवमेची र काली सिँगार्ने पसिना हाम्रो पौरख।