सेतो हिमाल मेरो सिरानी
सेतो हिमाल मेरो सिरानी पहाडको सुन्दर घरलोकभाका घन्काउँदै तराई घुम्ने मेरो रहर
छातीभरि लालीगुराँस भृकुटी र भक्ति थापासाहस र शान्ति हामी नेपालीको गौरवगाथा
सेवा गर्नु धर्म हाम्रो जात हाम्रो नेपालीचोमोलोङ्मा शिरमाथि सुहाउँछ छानो हिमाली
चन्द्रसूर्य ध्वजा बोकी शान्तिगीत घन्काउँछौँपरिश्रमका पसिनाले आफ्नै माटो भिजाउँछौँ।