प्रेम

ढुङ्गालाई गरेको प्रेमबजि्रएपछि चोट बनेर आफ्नै थाप्लोमाउसलाई रत्तिभर गुनासो रहेन–विश्वासको मत हालेको मान्छेले गरेको घातप्रति।

फूललाई गर्यो प्रेम– काँडा बनेरे रोपियो पाइतालामासडकलाई ओछ्यायो आत्मीयता– ठेस बनेर उभियो यात्रामामान्छेलाई अर्पियो प्रेम– चाकरीमा अनुवाद भयो हेर्दाहेर्दैआकाशलाई हाल्यो अँगालो– चट्याङ बनेर बजि्रयो आस्थामाथिफूलबारीमा रोप्यो प्रेम– आँखैअघि मौलायो बनमारा घारी।

र पनि उसले प्रेम गर्न छोडेको छैन–फूल, सडक र मान्छेलाईआकाशलाई, फूलबारीलाई र सबै सबैलाईअझ सबैभन्दा बढी–एउटा सुनिश्चित आँधीबेहरीलाई।