मेरो अभ्यस्तता
जबदेखि समयको एम्बुसमा परेर धराशायी भएकल्पनाका सुख―समृद्धिचिन्तनका शान्ति, सद्भाव र सहकालत्यसै बेलादेखि म अनिष्ट पर्खन अभ्यस्त भएको छु।
त्यसै दिनदेखिकैदी विचारका हाहाकार, बन्दी सपनाका चिच्याहटअनि पाता फर्काइएका रहरहरूको क्रन्दनदिन–दिन र क्षण–क्षणको सङ्गीत बनेको छ मेरो।
विसङ्गतिको बतासमामिसाएर अविश्वासका निश्वासहरू बाँच्नुको नाममाअभिशप्त झैँ हेरिरहेछु–अतिशय कष्टको पर्वतारोहणमा बढ्दै गरेका आफन्ती पाइला‘ए ! नजाऊ पीडासागरमा डुबुल्की मार्न‘मात्र ओठ चल्मलाउँछन्,मेरो उपस्थितिमा टिक मार्क लगाउन।
खै कसले उखेलेर लग्यो हाम्रा आशा र आस्थाका बिरुवा?कसले कसरी लुट्यो हाम्रो निष्ठा र सिद्धान्त ?कसरी ‘म‘ बन्यो सिङ्गो मान्छे खुम्चिएर ?कहाँबाट आए हँ―यत्ति धेरै अवषादका बादल यो बस्तीको आकाशमाथि ?म यस्तै यस्तै प्रश्न सोध्नमै व्यस्त भएको छु
र, जबदेखि झुन्ड्यायो मान्छेलेमानवता फुकालेर भित्ताको काँटीमात्यसै बेलादेखि म अनिष्ट पर्खन अभ्यस्त भएको छु।