केही कामहरू
नचाहेरै गर्नुपर्ने रहेछधेरै कामहरु जीवनमा ।
जस्तो कि फक्रेको एउटा फूल चुँड्नुर चढाउनु एउटा ढुङ्गामारोजाइको अन्तिम गन्तव्य सम्झनुर बढाउनु पाइलाहरु तिमीतिरजान्दाजान्दै ओर्लनुपर्छ- चढ्नु एउटा कष्टकर उकालोबुझदाबुझदै र्फकनु पर्छ पछाडि- बढ्नु अगाडितिर निरुद्देश्यदौडनु र दौडिरहनु- एउटा कहीँ नपुग्ने यात्रासधैँसधैँ भरिरहनु- सपनाहरुको महामेलाहरेक रात निदाउनु र ब्युँझनु हरेक बिहान एउटा उदासीसिन्को भाँच्न नसक्नु र ठडयाइरहनु अभिमानको एउटा पर्खाल
नचाहेरै गर्नुपर्ने रहेछधेरै कामहरु जीवनमा ।कहिल्यै विश्वास गर्न नसकिनेलाई हाल्नु विश्वासको एउटा मतजानीजानी घाउ कमाउनु र सुम्सुम्याइरहनु एउटा खतलड्नु माटैका लागि आत्मीयसँग र मिल्नु त्यही माटोमाछोड्नु सहयात्रीलाई सहयात्रामा र हिँडिरहनु एक्लै त्यही बाटोमाअँजुलीमा भर्नु ताराहरु र कोही नपाउनु दिने मान्छेबिस्कुन हाल्नु सपनाको र चराउनु भँगेराका बथानहरुभावनामा पौडनु, डुब्नु र रित्तिनु दिनदिनैवेदनाको भिरालो ओरालो एक्लै एक्लै र्झर्नु दिनदिनैभर्याङ बन्नु र टेकाउनु ढाड माथि जानेहरुलाईआफ्नै भन्ठान्नु भित्रभित्रै आफैँलाई चपाउनेहरुलाई
नचाहेरै गर्नुपर्ने रहेछधेरै कामहरु जीवनमा ।