अन्तिम कविता

लेख्नु छ कविता र कवितामा लेख्नु छ–देश, आशा, मान्छे र अरु धेरै धेरै कुराहरू।

‘पीडाको अभिव्यक्ति थुपारेर रोदन र क्रन्दन नलेख्नूवर्तमानलाई धारे हात लगाएर निराश भविष्य नलेख्नूसके नयाँ लेख्नू बरु लेख्दै नलेख्नू‘सम्झन्छु साथीभाइका चेतावनी।

‘मुक्त छैनन् कुनै कवि– भूपीबाट/रिमालबाटसबैको राग उस्तै छ– मोनोटोनस‘सुन्छु समालोचकहरूको गर्जन।

हेर्छु– तराईमा यथावत् छ भुसको आगोआलस्य झोक्राइरहेछ लेखिन नसकेको देशको संविधानभ्रष्टाचारका नयाँ नयाँ संस्करणहरूभोगिरहेछ देश बिलखबन्दमा।

उठाएकै हो आवाज– एक डङ्गुर बेथितिहरूका विरुद्धमाठड्याएकै हो औँला– असङ्ख्य बेमेलहरूको प्रतिपक्षमापरिणाम–?भोगिरहेकै छन् देश र देशका मान्छे एकसाथ।मेरो देशको नायकदिनभरि कवितालाई ओठे प्रेम गर्छर हरेक साँझ ट्वाइलेट पेपर बनाउँछसके ओच्छ्याउँछ आफ्नै बिस्तरामाथाहा छैन–र पनि किन लेखिरहन्छ कवि कविता ?

यस्तै ओठभक्तिमा,सबै कविताका पक्षमा उभिएको मौका पारेर आजमलाई कविताका विपक्षमा उभिन मन लागेको छर सिङ्गो विसङ्गत देशको क्यानभासभरिफेरि कहिल्यै कसैले बगाउनु नपर्ने सर्तमाआफ्नै रगतले एउटाअन्तिम कविता लेख्न मन लागेको छ।