गल्ती मेरै हो प्रेम गरेर मासिएँ

गल्ती मेरै हो प्रेम गरेर मासिएँतिम्रा नजरबाट झरेर मासिएँ

हेर्न सकिनँ वेदना कसैको पनिअरूकै दुखमा परेर मासिएँ

तमासे भएर कहाँ बस्न सक्थेँजोखिममा अगाडि सरेर मासिएँ

बल्झेर घाउझैँ भत्कियो जिन्दगीआँसुको खहरे तरेर मासिएँ

टुटे सबै साथ जब एक्लिएँ मप्यालामा मदिरा भरेर मासिएँ।